लकडाउनबाट थलिएको जुत्ता/चप्पल उद्योगलाई किन राखिएन अति प्रभावितको सूचीमा ? उद्योगी भन्छन्, ‘अन्यायमा परियो’

क्यापिटल

काठमाडौँ

 सरकारले गरेको बन्दाबन्दी (लकडाउन) र त्यसपछिको निषेधाज्ञाबाट नराम्ररी प्रभावित भएको जुत्ता/चप्पल उद्योगलाई नेपाल राष्ट्र बैंकले अतिप्रभावितको सूचीमा नराखेपछि सम्बद्ध उद्योगीहरु असन्तुष्ट बनेका छन् । 

५० हजार भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिँदै आएको र २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको जुत्ता/चप्पल उद्योग लकडाउनका कारण पूर्ण रुपमा बन्द छन् । केन्द्रीय बैंकले जुत्ता/चप्पल उद्योगलाई अति प्रभावितको सूचीमा नराख्नु दुखद् भएको सम्वद्ध उद्योगीहरुले बताएका छन् । 

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण फुँयालका अनुसार सरकारले लकडाउन गरेका कारण देशभरका १ हजार ५०० भन्दा बढी उद्योग पूर्ण रुपमा बन्द छन् ।

उनीहरुको उत्पादन शुन्यमा झरेको छ । बैंकको ब्याजको मिटर दिन प्रतिदिन बढिरहेको छ । केन्द्रीय बैंकले कुन आधारमा यो उद्योगलाई अतिप्रभावितमा राख्नुपर्ने देखेन । 

राष्ट्र बैंकका अनुसार उद्योगलाई बैंकले आफैले हेरेर र मूल्याङ्क गरेर सोही अनुसार सुविधा दिन सक्ने बताएको छ । जुत्ता, चप्पल ७० प्रतिशत आत्मनिर्भर भइसकेको र सोल उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर भइसकेको क्षेत्रलाई केन्द्रीय बैंकले उपेक्षा गरेको उनीहरुको आरोप छ । 

प्रकाशित मिति: : 2020-09-04 16:54:30

प्रतिकृया दिनुहोस्