अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनको प्रेमिका रिया चक्रवर्तीको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शुक्रबार बिहान साढे ६ बजे छापा हानेको छ।
सुशान्तको आत्महत्या प्रकरणको छानवीन गरिरहेको केन्द्रीय जाँच ब्यूरो (सीबीआई) ले रिया र उनको भाई सौविकको ड्रग्स सप्लाई गर्ने व्यक्तिसँग कनेक्सन भेटेको थियो। सीबीआईले उनीहरूको ड्रग्स कनेक्सनको रिपोर्ट बिहीबार एनसीबीलाई सुम्पिएपछि बिहान घरमा छापा मारिएको हो।
एनसीबीको २ वटा टिम बिहान रियाको घर पुगेको थियो। यस्तै, सुशान्तको घरका कर्मचारी स्यामुअल मिरान्डाको घरमा पनि एनसीबीले सर्च अभियान सुरु गरेको छ।
एनसीबीले ड्रग्स कनेक्सनलाई लिएर ५ जनालाई पक्राउ गरिसकेको छ। बिहीबार ड्रग्स कनेक्सनमा जैद विलात्रालाई पक्राउ गरेर अदालतमा मुद्धा दायर भएको छ।
एनसीबीले अदालतसँग १० दिन छानवीनको समय माग गरेको छ। तर, एनसीबीलाई अदालतले ९ दिन पक्राउ गरेर छानवीन गर्न समय दिएको छ। जैदलाई १ तारिख मुम्बईमा पक्राउ गरिएको थियो।
ड्रग्स कनेक्सनमा अब्दुल बासित परिहार पनि पक्राउ परेका छन्। बासित र जैदको सम्बन्ध रिया, उनको भाई सौविक र मिरान्डासँग देखिएको छ।