हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण

हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  

चलचित्र निर्माता कम्पनी वार्नर ब्रोजले बेलायतमा ‘द ब्याटम्यान’ चलचित्रको टिमका एकजनामा संक्रमण देखिएको बताएपनि नाम खुलाएको छैन। तर स्रोतहरुले ती व्यक्ति अभिनेता प्याटिन्सन नै रहेको बताएका हुन्।

‘भेराइटी’, ‘द हलिउड रिपोर्टर’ र ‘भ्यानिटी फेयर’ले प्याटिन्सन नै संक्रमित भएको उल्लेख गरेका छन्। 

बेलायतमा चलचित्र ‘द ब्याटम्यान’को छायांकनको क्रममा कोरोना भाइरसको परीक्षण गर्दा अभिनेता प्याटिन्सनमा संक्रमण पुष्टि भएको बताइन्छ। 

उनी मार्चदेखि रोकिएको ‘द ब्याटम्यान’को छायांकन यहि हप्तामात्रै सुरु भएको थियो। 

प्याटिन्सनमा संक्रमण देखिएपछि पुनः छायांकन रोकिएको छ। 

 तर, उनमा संक्रमणको लक्षण कस्तो छ वा स्वास्थ्य अवस्था कस्तो रहेको छ भन्ने बारे केही स्पष्ट भएको छैन।

प्रकाशित मिति: : 2020-09-04 07:06:28

प्रतिकृया दिनुहोस्