डोमिनिक थिएम दोस्रो चरणमा प्रवेश

युएस ओपन टेनिसको पुरुष तर्फ दोस्रो बरियताका डोमिनिक थिएम दोस्रो चरणमा प्रवेश गरेका छन्।

स्पेनिस ख्वामी मुनारलाई ७–६ (८–६) र ६–३ को सेटमा पराजित गरी थिएम दोस्रो चरणमा प्रवेश गरेका हुन्।

२६ वर्षका थिमले दोस्रो चरणमा १२४ औँ बरियताका भारतीय खेलाडी सुमित नागलसँग प्रतिस्पर्धा गर्ने छन्।

 थिएम यो प्रतिस्पर्धामा रोजर फेडेरर र राफायल नाडालको अनुपस्थितिमा फाइदा उठाउँदै उपाधि जित्ने होडमा छन्।

प्रकाशित मिति: : 2020-09-02 06:30:32

प्रतिकृया दिनुहोस्