नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ बढाएको छ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा लिटरको २ रुपैयाँले मूल्य बढाएको हो। योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको भाउ लिटरको १ सय ७ रुपैयाँ कायम भएको छ।
डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ।