वीर अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीमा भटाभट कोरोना संक्रमण

सुरक्षा र उपचारको उचित बन्दोबस्त नहुँदा वीर अस्पताल आफैँ कोरोना स‌ंक्रमणको इपिसेन्टर बन्दै

गरिबहरुले सस्तो र सहज रुपमा उपचार पाउने लामो इतिहास भएकै कारण वीर अस्पताल गरिबहरुको अस्पतालको रुपमा पनि चीर परिचित छ । तर यही अस्पताललाई पनि सरकारले कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ । कोरोना उपचारको लागि आवश्यक पूर्व तयारी नगरिकनै तथा स्रोत र साधनहरु नजुटाइकनै वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि र धमाधम कोरोनाका विरामीहरु भर्ना गर्न थालिएपछि अहिले वीर अस्पतालका डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु भटाभट संक्रमित हुन थालेका छन् । पछिल्लो जानकारीअनुसार, वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा आजैमात्रै कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी भोलि र पर्सि बन्द हुने भएको छ । यसअघि नै वीर अस्पतालका केही डाक्टर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ । ल्याबका कर्मचारीमा समेत कोरोनापोजेटिभ देखिएको कारण ल्याब नै सील गरिएको अवस्था छ ।

प्रकाशित मिति: : 2020-09-01 23:04:05

प्रतिकृया दिनुहोस्