राजधानीका सडकमा डमी ट्राफिक - भिडियो रिपोर्ट...

शनि शाक्य

काठमाडौं

कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौं उपत्यकाका तीनै लिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन्।

भदौ ३ गतेबाट सुरू भएको निषेधाज्ञा भोलिसम्म तोकिएको छ।

निषेधाज्ञापछि उपत्यकाका सडक खाली छन्। बजार पसल बन्द छ। अत्यावश्यक सेवाका सवारीहरू सडकमा छिट्पुट देखिन्छन्।

सडक खाली भएपछि सवारी साधन तिव्र गतिमा चलाउने गरिन्छ। अझ, ट्राफिक प्रहरी नदेख्दा त सडकै कब्जा गरी सवारी हाक्नेको जमात बढी छ। 

त्यसैले यी र यस्ता समस्या हुन नदिन र ट्राफिक प्रहरीले लापरबाही गरी सवारी चलाउने चालकलाई झस्काउन अहिले उपत्यकाभरिका सडकमा डमी ट्राफिक प्रहरी राखेको छ। 

‘ट्राफिक प्रहरी देखेपछि नियम मानेको जस्तो गर्ने अनि ट्राफिक प्रहरी नदेखेपछि सडकनै कब्जा गर्ने चालकहरुको जमात ठूलो छ’, महानगरीय ट्राफिक प्रमुख एसएसपी भीमप्रसाद ढकालले बिएल नेपाली सेवासँग भने, ‘सडकमा ट्राफिक जस्तै डमी देखेपछि त्यस्ता चालकहरु झस्कीन्छन्, भने अर्को तर्फ हामीले डमीका हातमा ट्राफिक नियम र नियम तोड्दा लाग्ने जरीवानासहितका प्लेकार्ड राखेका छौं, त्यो देखेर मानिसलाई थप चेतना हुन्छ।’

यसो त उपत्यकामा कोरोनाको संक्रमण फैलदो अवस्थामा छ।  कोरोना संक्रमणका कारण चालकको नजिक जान जोखिम भएको भन्दै उपत्यकाभरीमा राखिएका डमीले ट्राफिक प्रहरीको उपस्थितिलाई दर्साउनेछन्। 

महाशाखाका अनुसार काठमाडौंको मुख्य मुख्य चोक बानेश्वर, कोटेश्वर, गौशाला, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, जावलाखेललगाएतका विभिन्न २० स्थानमा डमी ट्राफिक राखिएको हो।

यो पनि 

अति आवश्यक पर्दा १०३ मा फोन गर्नू, सकभर घरबाहिर ननिस्कनूः ट्राफिक प्रमुख ढकाल (भिडियो)

प्रकाशित मिति: : 2020-09-01 17:11:52

प्रतिकृया दिनुहोस्