लकडाउन र लगत्तैको निषेधाज्ञाले उद्योगधन्दा चौपट

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

१२० दिन लामो बन्दाबन्दी (लकडाउन) झेलेको औद्योगिक क्षेत्रले उद्योगधन्दा सञ्चालनको तरखर नगर्दै निषेधाज्ञाको मार झेल्नु परेको छ । 

कोरोना संक्रमण बढी देखिएका क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मुलुकको उद्योगधन्दा नराम्ररी प्रभावित भएको छ । उद्योगधन्दामै आश्रित मजदूर र तिनका परिवारमात्र होइन, तिनै उद्योगका उत्पादनमा निर्भर समाज पनि यो समस्यामा जेलिएको छ ।

वस्तुको उत्पादनदेखि डिमाण्ड र सप्लाईको चेनसमेत निषेधाज्ञाका कारण प्रभावित भएको छ । निषेधाज्ञाको प्रभावले गर्दा यतिखेर मुलुकभर झण्डै ८०/८५ प्रतिशत उद्योग, कलकारखाना बन्द हुन पुगेको उद्योगी–व्यवसायी बताउँछन् ।

कोरोना रोकथाम तथा नियन्त्रणअन्तर्गत पहिलो चरणको १२० दिन लामो लकडाउनभन्दा पनि दोस्रो चरणको निषेधाज्ञाबाट औद्योगिक क्षेत्र बढी प्रभावित भएको उनीहरुको भनाइ छ ।

‘१२० दिन लामो लकडाउनमा पनि हामीले यस्तो दुर्गति बेहोर्नुपरेको थिएन, जति अहिले बेहोर्दै छौँ,’ नेपाल दाल, चामल तथा तेल उत्पादक संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भने, ‘अहिलेको निषेधाज्ञाले उद्योग र उत्पादनमा धेरै प्रभाव पारेको छ । बजारमा डिमाण्ड छैन । उत्पादनमा जान कच्चा पदार्थको अभाव छ भने अर्कोतर्फ श्रमिक पाइदैन । यस्तो अवस्थामा कसरी उत्पादनमा जाने ?’

प्रकाशित मिति: : 2020-09-01 14:28:57

प्रतिकृया दिनुहोस्