सकसपूर्ण लकडाउन र निषेधाज्ञा : संक्रमणसँगै जनताका कष्ट पनि झन् झन् बढ्दै

रातोपाटी

काठमाडौँ

शम्भु दंगाल

संसारभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशहरुले फरक फरक कदमहरु चालेका छन् । विश्वका धेरै देशहरुमा लकडाउन, निषेधाज्ञा लागू तथा सामाजिक दूरी पालना, नियमित हात धुनुपर्ने लगायत जनस्वास्थ्यका मापदण्ड लागू गरिएका छन् । कतिपय देशले कोरोना संक्रमण रोक्न अनिवार्य मास्क लगाएर हिँड्न कडा नियम लागू समेत गरेका छन् ।

झन्डै ६ महिनादेखि कोरोना भाइरसले उग्र रुप लिएपछि विश्वका धेरै देशले आफ्ना नागरिकलाई घरमै बस्न, स्वास्थ्यकाे मापदण्ड पालना गर्न लगाएपछि अहिले युरोपका देशहरुमा आन्दोलन शुरु भएको छ । जर्मनीको बर्लिन, बेलायतको लण्डन लगायतका सहरहरुमा धेरै मान्छे भेला हुन नपाइने, मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने मान्यताको उल्लंघन गर्दै सरकार विरुद्ध जनप्रर्दशन हुन थालेको छ ।

विश्व स्वास्थ्य संगठनले कारोना रोकथामका लागि लकडाउन जस्ता विधि अपनाउनका लागि सुझाव दिएपछि धेरै देशले त्यसको अनुसरण गरे । तर लकडाउन गर्दैमा कोरोना संक्रमण नरोकिने स्वास्थ्यविद्हरुले बताउन थालेका छन् । कामविहीन भएर घरभित्रै बस्नुपरेपछि आम जनताका जीवन कष्टकर बन्दै गइरहेकाे छ । सामाजिक आर्थिक गतिविधि ठप्प हुँदै जाँदा बाँच्नै गाह्रो पर्ने स्थिति पैदा हुँदै गएपछि नागरिकहरु सरकारले तोकेको नियमको उल्लंघन गर्न थालेका छन् । अझ कतिपयले कोरोना संक्रमणको समस्यालाई  सरकार र मिडियाले आवश्यकताभन्दा बढी बढाइचढाइ गरेर चर्चा परिचर्चा गरेर डरलाग्दो र भयभित बनाउने काम गरेको आरोप समेत लगाइरहेका छन् ।

प्रकाशित मिति: : 2020-09-01 08:37:54

प्रतिकृया दिनुहोस्