यही अगष्टमा जि ५ बाट रिलीज भएको प्रकाश झाको चलचित्र 'परीक्षा' एउटा आम मानिसमा हेर्नलायक बनाई दिएको छ। आदिल हुसैंन, प्रियंका बोस, शुभम् झा साथै सञ्जय सुरीको अभिनय देख्न सकिन्छ। यस चलचित्रले भारतमा भएको शिक्षा प्रणाली कस्तो खालको दिशातर्फ गएको छ त्यसलाई प्रष्ट रूपमा अत्यन्त सुन्दर ढंगबाट दर्शाएको पाइन्छ।
हुन त उनको सन् २०११ मा पनि शिक्षालाई नै आधार मानी ‘आरक्षण’ जस्तो गम्भीर मुद्दामा यो चलचित्र बनाएका थिए। झा आफैंले १९८४ मा ‘धामूल’ नामक राजनीतिक सामाजिक विषय वस्तुलाई आधार मानेर उक्त चलचित्र निर्माण गरेका थिए।
‘परीक्षा’ को कथा एउटा सरल आम मानिसको जिन्दगीमा गरिबी, लालसा, ठूलो सपना देख्ने बिहारको एक रिक्सा चलाउनेवालाको सपना जसले आफ्नो छोरालाई उच्च र गुणस्तर शिक्षा कसरी दिनसक्छ यही विषयलाई बाबु आमा र छोराको कहानी रोचक, घोचक ढंगले प्रस्तुत गरेको छ।
सधै रिक्शामा निजी स्कूलको बच्चालाई बिहान साँझ छोड्ने लैजाने क्रममा उसका मनमा आफ्नो छोरालाई पनि सोही निजी स्कूलमा पढाउनसके छोराको भविष्य उज्यालो हुने सपना देख्ने एउटा बाबुले के के समेत गर्न बाध्य हुन्छ भन्ने झाले उक्त चलचित्रमार्फत देखाएका छन्। सरकारी स्कुल र निजी स्कुलमा हुने शिक्षाको आधार, सुविधा, पढ़ाउने शैली कस्तो खालको देखिन्छ भन्ने पनि सो चलचित्रले उजागर गरेको छ।
साधारण मानिसले निजी विद्यालयमा पढाउनसक्ने खुबी हुन्छ या हुँदैन यही विषयलाई सुन्दर ढंगबाट मानिसलाई एक छिन पनि नहटी मजबुत रूपमा आफैंसँग बाँधेर राख्न यो चलचित्र सफल रहन्छ।
सबै पूरा गर्न सहज हुँदैन त्यहीँ पनि आफ्नो छोराका लागि जस्तोसुकै मुश्किल काम गर्न त्यसको सामना मजबूत तरिकाले गर्छ। यस चलचित्रले देशमा फैलिएको जाति, वर्ग, समुदायको नराम्रोसँग ब्यङ्ग र असमानतालाई प्रस्तूत गरेको छ। आज पनि हाम्रो समाज, जाति लिङ्ग अनुसार कस्तो बच्चा कहाँ पढ्ने? उसको हैसियत छ कि छैन निजीमा पढाउँन! के गरिबका बच्चा तेज हुँदा हुँदै पनि अवसरको कमीले गतिलो शिक्षा लिन किन बञ्चित छन् त!
हुन त प्रकाश झाका अधिकांश चलचित्रले आम मानिसका भोगाईलाई फरक र सरल मनोवैज्ञानिक तरिकाले प्रस्तुत गर्छन् चाहे उनको २०१६ मा आएको 'लिपस्टिक अंडर माई बुर्का' किन नहोस्। चलचित्रले राजनीति, भ्रष्टाचार, दादागिरी, माफियातन्त्रजस्ता विषयलाई उठाउनु नै ठूलो चुनौती बनेको छ।
सानो सानो संवाद, कथा र अभिनयले चलचित्रलाई जीवन्त राख्न र हाम्रो समाजको शिक्षा पद्दतिमा फैलिएको दुर्गन्धलाई सफा गर्न उक्त चलचित्र 'परीक्षा' सफल मानिन्छ। 'परीक्षा' सरल कथामा प्रतिभा हुने ब्यक्ति गरिब र धनीसँगको सम्बन्ध नरही जो कसलाई पनि अध्ययन गर्न रोक्न सक्दैन भन्ने उदाहरण देखाएको छ।
चलचित्रको कथा त मजबुत छ नै साथै आदिल हुसैनले आफू पिता बनेर गरेको अभिनय हेर्न लायक छ। बुचीको पात्रले गरेको अभिनयमा सहानुभूति, छोराप्रतिको लगाव अत्यन्त बलियो देख्न सकिन्छ। छोरा बनेका शुभम् झा र आमा बनेकी प्रियंकाको साथ सदैव झल्किन्छ। अन्त्यमा सामान्य परिवार र गरिबीको दलदलबाट एउटा एसएसपी बनेका सञ्जय सुरीको झुपडीमा हुर्केका बालबालिकालाई फुर्सदमा पढ्न सिकाउने काम त झन तारिफ नगरी यो चलचित्र अधुरो नै रहन्छ।
झाका मृत्युदण्ड, गंगाजल, राजनीती, चक्रब्यूह, सत्याग्रह आदि चलचित्रहरू सामाजिक राजनीतिक, प्रशासनिक राज्य ब्यवस्थालाई नराम्रोसँग उजागर गर्न माहिर मानिन्छन्।