एक कोरोना संक्रमितको सन्देश

सेतोपाटी

काठमाडौँ

 

आशिष खनाल

मलाई कोरोना संक्रमण भयो भनेर सम्बन्धित सरकारी निकायबाट भदौ १ गते फोन आयो। म आफैंले कोरोना जाँच गराए पनि पोजेटिभ छ भने रिपोर्ट हात नपर्दै सम्बन्धित सरकारी निकायमा खबर पुगिसक्ने रहेछ।

स्वास्थ्य निर्देशनालयबाट मलाई कुनै पनि लक्षण नभएकाले अस्पताल लान नमिल्ने कुरा आयो। म होम आइसोलेसनमै बसेँ। एक हिसाबले ठिकै हो, म जस्तो लक्षण नभएकालाई हस्पिटल लगे गाह्रो-साह्रो हुनेलाई कहाँ लाने त?

तर होम आइसोलेसनमा बस्दा सामाजिक भयको पाटो बेग्लै हुने रहेछ।

कोरोना संक्रमण हुनेबितिक्कै मैले फेसबुकबाट सबैलाई जानकारी गराएँ। यसमा लुकाउने कुरा के थियो र!

प्रकाशित मिति: : 2020-08-28 16:36:54

प्रतिकृया दिनुहोस्