दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाइ भिडियो बनाइयो, बलात्कारका मुख्य आरोपी फरार

विराटनगर – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा निगुरो टिप्न जंगल गएको अवस्थामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।

लक्ष्मीमार्गस्थित जंगलमा निगुरो टिप्ने क्रममा ४० वर्षीय होम तामाङले चिनजानकै किशोरीमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार तामाङले निगुरो टिप्न गएकी किशोरीमाथि जंगलमा अन्य तीन बालकलाई समेत शारीरिक सम्पर्क गर्न पठाएका थिए।

कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार किशोरी आफ्नै छिमेकमा रहेका नाता पर्ने भाइहरुलाई लिएर निगुरो टिप्न जंगल गएको अवस्थामा घटना भएको हो।

जंगलमा लाठीसहित त्रास देखाएर तामाङले तिनै नाता पर्ने भाइहरुबाट सुरुमा किशोरीसँग शारीरिक सम्पर्क गर्न लगाएका थिए। किशोरीको नातासमेत पर्ने ११, १२ र १३ वर्षका बालकलाई तामाङले शारीरिक सम्पर्क गर्न लगाएकाे खुलेको प्रहरी निरीक्षक ढकालले बताए।

प्रकाशित मिति: : 2020-08-28 11:36:14

प्रतिकृया दिनुहोस्