सानो छतमा तरकारी फलाउन मन छ? 'कौसी-बारी' ले गरिदिन्छ व्यवस्था

सेतोपाटी

काठमाडौँ

समिक्षा अधिकारी

लकडाउनका कारण बजारमा राम्ररी तरकारी आपूर्ति हुन सकेको छैन। एकातिर फलेका तरकारी ढुवानी हुन नसक्दा खेतबारीमै कुहिने अवस्था आइलागेको छ। अर्कातिर आइपुगेका तरकारी पनि भाउ आकासिएर छोइसक्नु छैन।

लकडाउनले भातभान्छा नै रोकिने अवस्था सिर्जना भइरहका बेला तीन युवाहरू कौसी-खेतीबारे अभिमुखीकरण गर्दै हिँडेका छन्।

कौसी हराभरा हुने, आफ्नो कोठाकुनाबाट हरियाली देख्न पाइने, आफ्नै बारीको तरकारी टिपेर खान पनि पाइने। गजबको उपाय पहिल्याएका छन् उनीहरूले।

उनीहरूले कौसी-खेतीबारे जानकारी मात्रै दिँदैनन्। अभियान 'एग्रो' नै चलाएका छन् जसमार्फत् छतमा खेती गर्न टनेलसहितको बारी व्यवस्थापन गरिदिन्छन्। मौसमी-बेमौसमी खेती गर्ने उपाय सुझाइदिन्छन्।

प्रकाशित मिति: : 2020-08-28 08:28:08

प्रतिकृया दिनुहोस्