सुशान्त सिंह राजपूतलाई उनको तथाकथित प्रेमिका रिया चक्रवर्तीले विष सेवन गराएर हत्या गरेको आरोप उनका बुवा केके राजपूतले लगाएका छन्।
सीबीआईले ७ दिनदेखि उनको घरमा काम गर्ने ४ जना कर्मचारीलाई लगातार सोधपुछ गरिरहेको बेला केके सिंहको यो बयान आएको हो।
उनले रिया नै उनको हत्यारा भएको दावी गरे। सीबीआईले पनि उनलाई पक्राउ गरेर सोधपुछ गर्ने सम्भावना रहेको बेला केके राजपूतले भने, ‘उसले लामो समयदेखि मेरो छोरालाई विष सेवन गराइरहेकी थिई। उसलाई र उसँग हत्यामा संलग्न मानिसलाई तुरुन्त पक्राउ गरेर सोधपुछ गर्न म आग्रह गर्दछु।’
सीबीआईको छानवीनका क्रममा जुन ८ तारिखमा रिया चक्रवर्ती सुशान्तको घरबाट बाहिरिने क्रममा उनले सुशान्तको ल्यापटपको ८ वटा हार्डडिस्क खोलेर लगेको तथ्य उजागर भएको छ।
सुशान्तको हत्या १४ जुनमा भएको थियो। तर, धेरैले उनको हत्या १३ जुनमै भएको दावी गरेका छन्।