राष्ट्रपति ट्रम्पसँग सिधा प्रश्न गर्ने तीन पत्रकार, एक जनाले त बडिगार्ड नै राखेका छन्

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्रकारबीचको सम्बन्ध कस्तो छ? यो कसैलाई भनिरहनु पर्ने विषय हो जस्तो लाग्दैन। ट्रम्पको ४ वर्षे कार्यकालमा पत्रकारको तिखो प्रश्नका कारण अमेरिकी राष्ट्रपति आफ्नो प्रेस–ब्रिफिङ छोडेर धेरै पल्ट बाहिरीसकेका छन्। 

पत्रकार सम्मेलनमा थुप्रै पल्ट ट्रम्पले पत्रकारको प्रश्नलाई सुने पनि नसुनेको जस्तो गरेका छन् र उनले धेरै ठाउँमा केही मिडियालाई ‘जनताको दुश्मन’ भनेर सम्बोधन समेत गरेका छन्। 

अमेरिकाको चर्चित न्युज च्यानल सीएनएनका पत्रकार जिम अकोस्टा, हफिङ्टन पोस्टका एसवी दाते तथा क्रिस वालेस यस्ता पत्रकार हुन्, जसलाई अगाडि देख्ने वित्तिकै राष्ट्रपति ट्रम्पको हाउभाउ नै परिवर्तन हुन्छ। 

cnn journalist jim acosta


ट्रम्पले थुप्रै ठाउँमा सीएनएनलाई ‘जनताको दुश्मन’ भनेर आरोप लगाएका छन्। उनका समर्थकबाट सीएनएनका पत्रकार जिम अकोस्टाले धेरै पल्ट धम्की पनि पाएका छन्। जसका कारण उनले आफ्नो सुरक्षाका कारण बडिगार्ड राख्नु परेको छ। 

सन् २०१८ मा जिमको प्रश्नबाट उत्तेजित भएका ट्रम्पले सबैको अगाडि सीएनएनलाई ‘जनताको दुश्मन’ घोषणा गरेका थिए। 

विश्वको शक्तिशाली प्रजातन्त्र भएको देशमा आफूले बडिगार्ड राख्नु परेको घटनालाई जिमले यसरी ब्याख्या गर्दै आइरहेका छन्, ‘अमेरिकामा यस्तो पनि अवस्था आएको छ, पत्रकारले बडिगार्ड राख्नु परेको छ। तपाईहरू आफैं भन्नुहोस्, यस्तो अवस्थामा हामी कसरी काम गरिरहेका छौं?’
हफिङ्टन पोस्टका शिरीष दातेले एक पल्ट ट्रम्पलाई सोधेका थिए, ‘तपाईले जति झुट बोल्नु भएको छ, त्यसमा तपाईलाई आत्मग्लानी छ?’ यो प्रश्नमा ट्रम्प कुनै उत्तर नदिई पत्रकार सम्मेलन छोडेर गएका थिए। 

दातेले विभिन्न च्यानललाई दिएको अन्तर्वार्तामा भन्ने गरेका छन्, ‘मेरो किताब ‘द युजफुल इडियटः हाउ डोनाल्ड ट्रम्प किल्ड द रिपब्लिकन पार्टी विथ रेसिज्म एण्ड कोरोना भाइरस’ बाट उनको इमेज खराब भएको छ। म धेरै अगाडिदेखि उनलाई यो प्रश्न सोध्न चाहिरहेको थिए र अवसर अहिले जुर्‍याे।’

fox news chris walles


 

फक्स न्युजका क्रिसले गत जुलाईमा ट्रम्पको अन्तर्वार्ता गरेका थिए। उनी निरन्तर प्रश्न गरिरहेका थिए। तर, ट्रम्पसँग कुनै उत्तर थिएन। उनी प्रायः प्रश्नको उत्तर दिन सकिरहेका थिएनन्। कोरोनासँग लड्ने योजनाको विषयमा ट्रम्पसँग प्रश्न गर्दा उनको अनुहार हेर्न लायक बनेको थियो। क्रिसले पनि अन्तर्वार्तामा भनेका छन्, ‘ट्रम्प सत्यबाट भाग्न खोज्छन्। यसै कारण उनी कोरोना महामारीमा असफल भए।’

पत्रकार सम्मेलनमा ट्रम्प आफ्नो हिसाबले प्रस्तुत हुने गर्छन। यसले उनलाई धेरै ठाउँमा गाह्रो पनि पारेको छ।

प्रकाशित मिति: : 2020-08-27 08:33:05

प्रतिकृया दिनुहोस्