स्पेनिस क्लब रियल मड्रिडका खेलाडीद्वय फरवार्ड इडेन हाजार्ड र गोलरक्षक थिवाउट कोर्टुवा बेल्जियमको राष्ट्रिय टोलीमा परेका छन्।
प्रशिक्षक रोबर्टो मार्टिनेजले युइएफए नेसन्स लिगका लागि मिचे बात्सयाई र क्रिस्टियन बेन्टेकेलाई टोली बाहिर राख्दै युवा खेलाडी जेरीमी डोकु र ल्यान्ड्री मिमाटालाई पहिलोपटक टोलीमा समावेश गरेका हुन्।
मड्रिडले नयाँ सिजनको लागि ३१ अगस्टबाट प्रशिक्षण थाल्दैछ। हाजार्ड र कोर्टुवा रियलको प्रशिक्षणमा जोडिदै केही दिनपछि बेल्जियमको टोलीमा सामावेश हुनेछन्।
२९ वर्षे हाजार्डले कोरोनापछिको पछिल्लो ११ मध्ये ५ खेल गुमाएका थिए। अगस्ट दोस्रो साता म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा हाजार्ड सुरुवातमा मौका पाएपनि रियल २–१ ले पराजित हुँदै बाहिरिएको थियो।
मड्रिड यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बन्दा कोर्टुवाले भने उच्च प्रदर्शन गरेका थिए।
यस्तै म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन, लिभरपुलका डिभोक ओरिगी, नेपोलीका ड्रिएस मेर्टिन्स र बोरुसिया डर्टमुन्डका थोर्गन हाजार्डले बेल्जियमको राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
बेल्जियमले ६ सेप्टेम्वरमा डेनमार्क र त्यसको तीन दिनपछि आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
बेल्जियमकाे पुर्ण टोली
गोलरक्षक – कोइन कास्टिल्स, थिवाउट कोर्टुवा, सिमोन मिग्नोलेट
डिफेन्डर – हेन्ड्रिक भान क्रमब्रुगी, टोवी एल्डरवेरल्ड, डेडरेक बोयटा, इलियस कवाउट, जासोन डिनायर, लिन्डर डेन्डोनकर, ब्रान्डन मिचेलि, जान भर्टाेङहेन, टिमोथी कास्टाग्नि, थोमस म्युनियर
मिडफिल्डर – यानिक कारास्को, नासेर चाड्ली, थोर्गन हाजार्ड, बेभिन डि ब्रुयन, डेनिस प्राइट, युरी टिलेमान्स, हान्स भानाकिन, एक्सेल विस्टेल
फरवार्ड – इडेन हाजार्ड, यारी भर्सचाइरिन, ड्रिएर मेर्टिन्स, डिभोक ओरिगी, जेरीमी डोकु, ल्यान्ड्री डिमाटा, रोमेलु लुकाकु, र लियन्द्रो ट्रोसार्ड