चिकित्सकमा कोरोना संक्रमण देखिएपछि कर्णाली अस्पतालकाे ओपिडी सेवा बन्द

कर्णाली प्रदेश अस्पतालका चिकित्सकमा कोरोना भाइरस संक्रमण देखिएपछि ओपिडी सेवा बन्द गरिएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो। दुई जना संक्रमित स्वास्थ्यकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृतलाई संक्रमण देखिएको थियाे।

यस्तै बुधबार गरिएको परीक्षणमा थप एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो। 

यसअघि पनि अस्पतालका ३ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो। उनीहरू निको भएर ड्युटीमा फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-08-26 21:56:53

प्रतिकृया दिनुहोस्