धान काट्ने मेसिनमा प्रयोग हुने पार्टपुर्जा र भारतीय माेटरसाइकल बरामद

पर्सा प्रहरीले अबैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेकाे धान काट्ने मेसिनमा प्रयोग हुने पार्टपुर्जा बरामद गरेकाे छ।

बुधबार करिव बिहान ५ बजे भारतीय मोटरसाइकलमा पर्सा जगरनाथपुर गाउँपालिका २ पाँडेपुरको सीमा ईलाकाबाट अबैध रुपमा लुकाइछिपाइ नेपालतर्फ धान काट्ने मेसिनमा प्रयोग हुने पार्टपुर्जा र दुई बक्स ब्याट्री लिएर आउँदै गरेको अवस्थामा सप्रबल नेपाल बिओपि भिखमपुरबाट खटिएको सप्रनि किसमान तामाङको टोलीलाई देखेर भागेका थिए।

छाडिएको उक्त सामान र मोटरसाईकलसहित (अन्दाजी २ लाख बराबरको)आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ। 

प्रकाशित मिति: : 2020-08-26 15:42:34

प्रतिकृया दिनुहोस्