कीर्तिमानधारी धावक उसेन बोल्टको जन्मदिनमा सहभागी भएका वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बोल्टको २१ अगस्टमा भएको ३४ औं जन्मदिनको पार्टीमा गेल पनि सहभागी भएका थिए।
बोल्टको पहिलो चरणको कोरोना रिपोर्ट सोमबार पोजिटिभ आएको थियो। यो घटनाका कारण गेलले पुनः कोरोना परीक्षण गरेका थिए।
गेल इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्दै छन्। उनी किङ्स इलेभेन पञ्जाबमा आवद्ध छन्। कोरोनाका कारण यसपालि आइपीएल युनाइटेड अरब इमिरेट्समा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुँदैछ।
सोसल मिडियामा बोल्टको पार्टीको भिडियो पनि भाइरल भएको छ। जसमा सामाजिक दुरी कायम गरेको देखिदैन। पार्टीमा कसैले मास्क लगाएका थिएनन्।
यो पार्टीमा म्यानचेस्टर युनाइटेडका फुटबल खेलाडी रहिम स्टर्लिङ पनि समावेश थिए।