इंग्लिस बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा ६ सय विकेट लिने पहिलो तीब्र बलरको कीर्तिमानलाई आफ्नो नाममा लेखाउन सफल भएका छन्।
पाकिस्तानविरूद्ध तेस्रो टेस्टमा अजहर अलीलाई उनले टेस्ट क्रिकेटको छ सय विकेटको सिकार बनाए। उनी टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने चौथो बलर पनि बन्न पुगेका छन्।
यसअघि टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने तीन जना खेलाडी स्पिनर थिए। श्रीलंकाका मुथैया मुरलीधरनले टेस्टमा ८ सय विकेट पुरा गरेका छन्।
यस्तै, अस्ट्रेलियाका सेन वार्नले ७ सय ८ विकेट र भारतका अनिल कुम्बलेले ६ सय १९ विकेट लिएका थिए। एन्डरसनले अजहरलाई स्लिपमा जो रुटबाट क्याच गराएका थिए।