जता विवाद उतै ईश्वर ! ‘जबज’को स्प्रिटमा सम्धीलाई सातौँ नियुक्ति, केको आपत्ति ?

पुग्ने कता हो कमरेडहरु ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनताको बहुदलीय जनवाद (जबज) को धेरै वकालत गर्नेमध्येका नेता हुन्– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल । 

सचिवालय सदस्य तथा नेकपाको स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेल तिनै हुन् जो केपी ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये विवादमा परिरहनेमा पर्दछन् । कोरोना महामारी नियन्त्रणका लागि गठन भएको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका पोखरेलका गतिविधि र निर्णय एकपछि अर्को विवादित बन्ने गरेका छन् । 
कोरोना नियन्त्रणका लागि औषधि उपकरण खरिद गर्ने विषयमा होस् वा सेनालाई लकिरका फकिर भन्दै उछितो काढेको विषयले नै किन नहोस् पोखरेल विवादबाट टाढा हुन सकेका छैनन् । 

फास्ट ट्रयाक निर्माणका सन्दर्भमा आफ्नाले ठेक्का नपाएको झोँकमा पोखरेलले एक औपचारिक कार्यक्रममै सेनालाई दोषी देखाएका थिए । त्यसले सेना र रक्षामन्त्री बीचको सम्बन्धमै दरार आएको थियो । पछि मन्त्रालयले यसबारे विज्ञप्ति नै निकालेर उक्त समाचारको खण्डन गर्नुपरेको थियो ।  

प्रकाशित मिति: : 2020-08-25 23:19:30

प्रतिकृया दिनुहोस्