महामारीकाे मारमा महिला

'जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्।’ पूर्वीय साहित्यहरुमा पढ्न पाइने लाइन हो यो।  हो जुन घरमा महिलाहरूले समान अवसर पाएका छन् त्यो परिवारको समाजमा कदर पनि भएकै छ। जुन परिवारमा महिलाहरू स्वावलम्बी छन्, त्यो परिवार शिक्षित र हरेक कोणबाट सक्षम देखिन्छ।

‘परिवारमा एक पुरुष शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर एक महिला शिक्षित भएमा पूरै परिवार शिक्षित हुन्छ’ भन्ने मान्यता पनि समाजमा छ।

तर, अनेक समस्यासँग जुझ्दै यहाँसम्म आइपुगेका महिलाहरूलाई कोरोना महामारीले अझैं सामाजिक र आर्थिक रुपमा पछि धकेल्ने देखिन्छ।

कोरोना माहामारीले मान्छेदेखि मान्छे डराउने परिस्थिति छ।  त्यसैले सामाजिक एवं आर्थिक गतिविधि निकै प्रभावित  छन्। महामारीले महिलाहरूको आय स्रोतमा ठूलो समेत असर पुर्‍याएको छ।

गोरखाकी पार्वती दुवाडी दम्पतीले  काठमाडौं माछापोखरीमा फलफूल बेच्न थालेको १५ वर्ष भयो। यही पेसाबाट उनीहरुले दुई सन्तानलाई राम्रै शिक्षा दिइरहेका छन्। तर काेराेना नियन्त्रणका लािग चैतदेखि गरिएकाे लकडाउनका कारण उनको आयस्रोत बन्द छ। उनी भन्छिन्– ‘रोगको डर त छदै छ, व्यापार नहुँदा घर चलाउन पनि मुस्किल परेको छ। अहिले न राहत पाइएको छ, न काम?

प्रकाशित मिति: : 2020-08-25 13:56:31

प्रतिकृया दिनुहोस्