अभिनेता सुशान्त सिंह राजपूतको निधनको पोस्टमर्डम रिपोर्टमा सीबीआईले असन्तुष्टी जाहेर गरेको छ।
विगत पाँच दिनदेखि सुशान्तको निधनको छानवीन गरिरहेको सीबीआईले कुपर अस्पतालमा भएको पोस्टमर्डमको रिपोर्टमा निकै धेरै त्रृटी रहेको भन्दै चिकित्सकहरूसँग पनि छानवीन गर्ने भएको छ।
अस्पतालले फोरेन्सिक रिपोर्ट सीबीआईलाई सुम्पिसकेको छ। भारतीय अखबारहरूको दावी अनुसार सुशान्तको विसराको ८० प्रतिशत भागको प्रयोग यसअघि नै मुम्बई प्रहरीले गरिसकेको छ। अब २० प्रतिशतबाट सीबीआईले निधनको सम्पूर्ण जानकारी निकाल्नु पर्नेछ।
अस्पताल श्रोतलाई उल्लेख गर्दै पत्रपत्रिकामा आएको समाचार अनुसार सुशान्तको डिएनए, रगत र अन्य भागको नमुनाको ८० प्रतिशत प्रयोग भइसकेको छ।
फाँसी लगाएर आत्महत्या गरेको मुम्बई प्रहरीको रिपोर्टको उल्टो सीबीआईले हत्याको सम्भावनालाई लिएर छानवीन गरिरहेको छ।
फाँसी लगाउँदा प्रहरीले बताएको लुगाको गाँठो र अस्पतालले दिएको रिपोर्टमा कुरा बाझिएको छ। यसैले सीबीआईले तीन वटा आधारमा छानवीन गरिरहेको इन्डिया टुडेले बताएको छ।
उनले फाँसी लगाएको भनिएको लुगाले २ सय किलोको भार उठाउन सक्ने बताइएपनि कोठामा अन्य सामान पनि भेटिएको दावी गरिएको छ।
सुशान्तका पूर्व सहयोगी नेपाली मुलका अंकित आचार्यले कुकुरको बेल्टले थिचेर उनको हत्या गरिएको दावी गर्दै आएका छन्। उनको भनाईको आधारमा पनि छानवीन भइरहेको छ।