महिनौदेखि जारी लकडाउन र निषेधाज्ञाले ग्रामिण क्षेत्रको जनजीवन प्रभावित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले महिनौदेखि जारी गरेकाे लकडाउन तथा निषेधाज्ञाको कारण ग्रामिण क्षेत्रको जनजीवन प्रभावित भएको छ। 

गरिब, बिपन्न, दैनिक ज्यालादारी गर्ने, रोजगारी छोडेर गाउँ फर्केका युवा तथा ग्रामिण भेगका अधिकांश परिवारलाई बिहान बेलुकाको छाकटार्न समस्या भएको छ। 

पाँच महिनादेखि जारी लकडाउन तथा निषेधाज्ञाका कारण काम नपाउदा आम्दानी नभएको खर्च समान्य अवस्थाभन्दा बढी हुँदा ग्रामिण जनताहरु आर्थिक मारमा परेका छन्। 

जगरनाथपुर गाउँपालिका ३ बिजबनिया निवासी गिरजा महरा चमारले भने, ‘लकडाउनका कारण लामो समयदेखि घरमै बस्नु परेकाले जहानलाई बिहान बेलुकाको छाकटार्न पनि धौधौ भएको छ कहाँबाट ल्याएर पेट पाल्ने?’

जिराभवानी गाउँपालिका १ शान्तिनगरका युवा तिर्थबहादुर श्रेष्ठ र उनका बुवा रोजगारी छोडेर घर फर्केको पाँच महिना बितिसक्यो। यता गाउँमा काम नपाउदा परिवारिक खर्च जुटाउन निकै समस्या झेल्नु परेको उनले दुखेसो पोखे।

लकडाउन जारी भएपछि वीरगञ्ज, हेटौंडा, चितवन, पोखरा, काठमाडौं लगायतका प्रमुख शहरहरू तथा भारतका बिभिन्न स्थानमा रोजगारी गर्दै आएका युवाहरु अहिले गाउँमै बसेका छन्। 

बिशेषगरी ज्याला मजदुरी गर्ने गाडी बनाउने ग्यारेज, गेटग्रिल, स्टिलको काम गर्ने, डकर्मी, सिकर्मी, दैनिक ज्यालादारी, अटो रिक्सा चलाउने, निजी कम्पनी तथा उद्योगमा काम गर्ने युवाहरु आर्थिक समस्याका कारण पिरोलिएका छन्।

प्रकाशित मिति: : 2020-08-25 08:18:59

प्रतिकृया दिनुहोस्