मुरे वेस्टर्न एण्ड साउथर्न ओपन टेनिसकाे तेस्रो चरणमा

बेलायती एण्डी मुरेले वेस्टर्न एण्ड साउथर्न ओपन टेनिस जित दर्ता गरेका छन्।

मंगलबार बिहान भएको खेलमा मुरेले सातौँ बरियताका जर्मन खेलाडी एलेक्सान्डर ज्वेरेभलाई पराजित गरेका हुन्।

३३ वर्षका मुरेले गएको नोभेम्बर यता पहिलो प्रतिस्पर्धामा सहभागिता जनाएका हुन्। चोट मुक्त भएका मुरेले न्यूयोर्कमा भएको खेलमा ज्वेरेभलाई ६–३, ३–६ र ७–५ को सेटमा पराजित गरेर तेस्रो चरणमा स्थान बनाएका हुन्।

सन् २०१७ यता बरियताको शीर्ष १० मा रहेका खेलाडीमाथि निकालेकाे उनकाे याे पहिलाे जित हाे।

मुरे अहिले विश्व बरियततामा १२९ औँ स्थानमा छन्। उनले आउँदो चरणमा क्यानडाका मिलोस राआनिकसँग प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: : 2020-08-25 06:15:25

प्रतिकृया दिनुहोस्