'सासूको आत्माले शान्ति पाएन कि भनेर पीर लागिरहन्छ'

रूमा रिजाल

 

विराटनगर-३ की भूमिका खतिवडाले १० वर्ष सासूआमाको हेरचाह गरिन्। ७८ वर्षकी वेदमाया खतिवडाको साउन ३१ गते साँझ निधन भयो।

बिहान भूमिकाको कोरोना पोजेटिभ आयो। बेलुका सासूको मृत्यु।

भूमिकाका श्रीमानमा कोरोना देखिएपछि पहिले नै आइसोलेसनमा थिए।

घरमा आफू श्रीमान र छोरा संक्रमित भैसकेपछि बितेकी उनकी सासूको शव उठाउनसमेत अलमल भयो।

छिमेकीलाई पनि गाह्रो, आफन्तलाई पनि गाह्रो।

‘२२ घन्टा आमाको शव अगाडि हेरेर बस्नु कति पीडादायी भयो भन्ने म शब्दमा भन्न सक्दिनँ। उहाँलाई १० वर्षसम्म स्याहार गरें। ६ महिना त ओछ्यानमै पर्नुभयो। त्यस्तो बेला हेरचाह गरें तर उहाँ बित्दा छोरा हुनुभएन।’

आफू संक्रमित भएपछि आउजाउ गर्न वा उनीहरूलाई नै बोलाउन पनि गाह्रो लागेको उनले बताइन्।

उनले आफ्नी सासूले अन्तिम अवस्थामा पानी माग्दा जेसुकै होस् भनेर पानी खुवाइदिएकी थिइन्।

प्रकाशित मिति: : 2020-08-24 14:50:37

प्रतिकृया दिनुहोस्