'ह्याकर' ऐश्वर्या

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो। चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन्।

कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो। बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो। गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन्। यसरी गेमिङ हुँदै कम्प्युटर कोडिङमा लागेकी उनी अहिले एक 'ह्याकर' हुन्।

काठमाडौंकी २४ वर्षीया ऐश्वर्या नेपालका थोरै संख्यामा पर्ने महिला ह्याकरमध्ये एक हुन्। करिब तीन वर्षदेखि ह्याकिङमा लागेकी उनी अहिले एक बैंकका लागि काम गरिरहेकी छन्। बैंकको सिस्टम सर्भर, नेटवर्क, वेब एप्लिकेसन र डाटाहरू बाहिरी ह्याकरबाट बचाउनु उनको जिम्मेवारी हो।

कुुनै पनि अनलाइन साइटको पूर्वाधारमा आउने जोखिमबाट बचाउने र भविष्यमा त्यो घटना फेरि हुन नदिन त्यसबारे अध्ययन गर्ने काम हुन्छ ह्याकरको। यो दुई किसिमको हुन्छ– इथिकल ह्याकिङ र अनइथिकल।

प्रकाशित मिति: : 2020-08-24 08:51:41

प्रतिकृया दिनुहोस्