सुनसरी थप एक सातासम्म निषेधित क्षेत्र

सुनसरीमा कोरोना महामारी फैलनबाट रोक्न आज आइतबारदेखि लागू हुनेगरी थप ७ दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएकाे छ।

इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन र जिल्ला प्रशासनकाे बैठकले उक्त अवधिभर अत्यावश्यक कामबाहेक मानिसहरुको आवतजावत तथा हिँडडुल गर्न निषेध गरेकाे प्रमुख जिल्ल अधिकारी फडिन्द्रमणी पोखरेलले बताए ।

यसअघि कोरोना महामारी रोक्न साउन २१ गतेदेखि २६ गते सम्म, २६ गतेदेखि ३२ गतेसम्म भदौ ३२ गतेदेखि ७ गतेसम्म गरी तीन पटक किस्ताबन्दीमा निषेधित क्षेत्र घोषणा गरेको थियो । 

प्रकाशित मिति: : 2020-08-23 15:54:42

प्रतिकृया दिनुहोस्