कोरोना संक्रमितलाई मरेको झिंगासहितको खाना र खाजा !

पर्साको पोखरीया अस्पतालको आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई खुवाउने खाना र खाजामा चरम लापरवाही गर्ने गरेको खुलेको छ । 

संक्रमितहरुई स्वस्थ्यकर र पोषिलो खाना खुवाउनुको साटो उल्टै अस्पताल तथा नगरपालिकाले मरेको झिंगासहितको खाजा र खाना खुवाइरहेको पाइएको हाे।

‘खाजा र खानामा मरेका झिंगा भेटिएका छन्। अहिले पोषिलो खाना खुवाउनुपर्ने अवस्था रहेपनि कमसल र सस्तो खान खुवाई रहेका छन्,’ एक संक्रमितले बिएल नेपाली सेवासँग भने।

गुणस्तरहीन खाना खुवाउँदा अस्वास्थ्य हुने डरले अनआवश्यक तनाव बढेको उनीहरु बताउँछन्। ‘यो समय हामीले आफूलाई कन्ट्रोलमा राखुपर्छ। स्वास्थ्य रहेमा मात्रै कोरोना जित्न सक्छौं। तर, अस्वाथ्यकर खाना खुवाउँदा बिरामी भइन्छकि भन्ने मानसिक तनाव पनि बढेको छ,’ संक्रमित भन्छन्।

यस बिषयमा गुनासो गर्दा पोखरी नगरपालिका लगायत सो क्षेत्रका जनप्रतिनिधिहरुले समेत कुनै चासो नदेखाएको संक्रमितहरुको भनाइ छ।  

‘हामीले यो बिषयमा बारम्बार गुनासो गरेका छौं। तर अहिलेसम्म कसैले सुनेको छैन,’ उनले भने।

यसअघि पनि सो आइसोलेशनमा खाने पानीको व्यवस्था नहुदाँ स्थानीय सञ्चार माध्यममा सो कुराको चर्को आलोचना भएपछि आइतबार पोखरीया युवा समाजद्धरा ६ सय बोतल मिनरल वाटर सहयोग वितरण गरीएको छ।

कोरोना संक्रमितले कस्तो खाना खाने?

भाइरसका कारण बिरामीहरू बढिरहेको तनाव र चिन्ताका माझ मानिसहरू सहज महसुस गर्न खानेकुराहरू खान्छन्।

यसले गर्दा उनीहरूको स्वास्थ्यलाई खतरामा राख्ने र मानसिक स्वास्थ्यमा थोरैमात्रै फाइदा पुग्ने गर्छ।

क्वारेन्टाइन वा आइसोलेशनमा बस्दा कम शारीरिक व्यायाम हुने गर्दछन्।

यो बेला निरन्तर रूपमा खाने गर्दा त्यसले नचाहेका स्वास्थ्य समस्या जस्तै वजन बढ्ने, उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्ने सम्भावना हुन्छ।

प्रकाशित मिति: : 2020-08-23 12:52:27

प्रतिकृया दिनुहोस्