युद्ध र शान्ति 

युद्ध युद्ध नभएर
नाफा मूलक व्यापार भइसकेको
निकै लामो भएछ
युद्ध भित्र व्यापार छिरेकोदिन देखि
यो धरतीमा
युद्धको बजार लागेकोछ
युद्धका कारणहरु
उत्पादन सामाग्रीझैं
ब्र्यान्ड तोकिन सक्छन्
उपभोक्ता र ग्राहकको खोजीमा
कुरुक्षेत्र बजारहरु
यहीं हुन सक्छन्
त्यहीं हुन सक्छन्
प्रतेक बन्दूकको नालीबाट 
पट्कने गोलीमा
भयानक विष्फोटको
गोला बारूदमा
सुकिला सिक्काहरु
हरियो डलरहरु
बैंकको खातामा 
बड्दै जान्छ
राम्रो नाफा 
जम्मा हुँदैजादा
अँ 
यता उता अनाथका हूलहरु
निराश र त्रासित अनुहारहरु
घर विहीन जनताहरु
हूर् हूर्ति आग लाग्दै गरेका
गाउँ बस्तिहरु
हो देखापर्छन्।

अनि देखापर्छन्
कला चित्रझैं
रित्ता घरहरु
रित्ता मान्छेहरु
अपाङ्ग शरीर र
अलपत्रमा परेर
मरेका केहि शवहरु
हो देखापर्छन्
त्यसको क्षतिपूर्तिकालागि
नाफाको एक प्रतिशत अनुदानदिए
शान्तिको भाषण छाँटिदिए
युद्धको भत्सर्ना गरिदिए
बस् !
सुन्दर मानवताको
उपाधि गुथ्दैन र
शान्तिको दूतभनि
जयजयकार गाउदैन र
दुवै हाथमा लड्डू 
आउदैन र।।

प्रकाशित मिति: : 2020-08-22 13:26:12

प्रतिकृया दिनुहोस्