वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जको नारायणी अस्पताल मातहतमा सञ्चालित वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु भएको छ। मृत्युु हुनेमा वीरगञ्ज १० रानीघाटका ४८ वर्षका पुरुष छन्।

मधुमेह र मुटुरोगी समेत रहेका ती संक्रमितलाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दै आएकोमा शुक्रवार दिउँसो सवा १ बजे अचानक भेन्टिलेटरमै मृत्यु भएको थियो।

साउन ३१ गते उनको श्वासप्रश्वासमा समस्या आएपछि नारायणीको आइसीयूमा उपचार शुरु गरिएकोमा साउन ३२ गते पीसीआरर पोजिटिभ देखिएपछि उनलाई थप उपचारको लागि वीरगञ्ज हेल्थ केयर हस्पिटल लगिएको थियो।

योसँगै कोरोना संक्रमणले वीरगञ्जमा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २४, बाराका ६, रौतहटका ३ र एक जना पहिचान नखुलेका छन्।

प्रकाशित मिति: : 2020-08-21 19:07:17

प्रतिकृया दिनुहोस्