सीबीआई अब सुशान्त मृत्युप्रकरणकाे अनुसन्धानमा, प्रहरीले सबै फाइल हस्तान्तरण गर्‍याे

सर्वोच्च अदालतको निर्णयपछि सीबीआई अब सुशान्त सिंह राजपूत मृत्युप्रकरणमा अनुसन्धान गरिरहेको छ।

 मुम्बई प्रहरीले यसका लागि आफूसँग संकलित रहेका घटनाका केही विवरण सीबीआईलाई दिएकाे छ।  

सीबीआई टीम हाल बान्द्रा पुलिस स्टेशन पुगेकाे छ। सीबीआई अधिकारीहरूले बान्द्रा एसएचओ र आईओलाई भेटिरहेका छन्। 

सीबीआईले मुम्बई पुलिसले हालसम्म लिइएको ५६ स्टेटमेन्ट हस्तान्तरण गर्नेछ। हालसम्मको आफ्नो अनुसन्धानमा मुम्बई पुलिसले बलिउडका केही हस्ती र यस केसमा सम्बन्धित ५६ जनाकाे बयान रेकर्ड गरेको छ।

यस बाहेक फोरेन्सिक रिपोर्ट, घटनाको पंचनामा रिपोर्ट, अटोप्सी रिपोर्ट, सुशान्तको तीनै मोबाइल फोन, उनको ल्यापटप, कपडा जो उनको मृत शरीरमा थियाे सबै हस्तान्तरण गरेकाे छ। 

यसबाहेक मोबाइलको सीडीआर विश्लेषण, बान्द्रा पुलिसको केस डायरी, कम्बल, बेडशिटहरू कुर्ता, मग जसमा जुस पिएका थिए, सबै सीसीटीभीको डीभीआर जस्ता साम्रगी सीबीआईलाई मुम्बई पुलिसले हस्तान्तरण गरेकाे छ।

प्रकाशित मिति: : 2020-08-21 14:23:58

प्रतिकृया दिनुहोस्