प्रयास श्रेष्ठ
सोचविचार बिना नै पहिला निर्णय गर्ने अनि विरोध हुन थालेपछि निर्णय फिर्ता लिने गरेको सरकारले फेरि एकपटक आफ्नो अकर्मण्यता प्रदर्शन गरेको छ । उद्धार (चार्टर) उडान सम्बन्धी कच्चा निर्णय गरेर सरकारले पुनः आफ्नो कमजोरी प्रदर्शन गरेको हो । सोचविचार बिना नै पहिला निर्णय गर्ने अनि विरोध हुन थालेपछि निर्णय फिर्ता लिने गरेको सरकारले फेरि एकपटक आफ्नो अकर्मण्यता प्रदर्शन गरेको छ । उद्धार (चार्टर) उडान सम्बन्धी कच्चा निर्णय गरेर सरकारले पुनः आफ्नो कमजोरी प्रदर्शन गरेको हो ।
सोमबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले तत्कालका लागि सबै उद्धार उडान स्थगित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । सोही अनुसार सरकारले विदेशमा रहेका नेपालीको उद्धारका लागि चार्टर उडान स्थगित गरेको थियो ।