ग्रामिण बस्तीमा स्कुलमै बने आइसोलेसन, सुविधा सम्पन्न काठमाडौंमा खोइ?

काठमाडौं : काठमाडौं उपत्यका अहिले कोभिड-१९ संक्रमणको हटस्पट बन्दै गएको छ। नेपालमा रहेका ७७ जिल्लामध्ये सबैभन्दा बढी कोभिड-१९ संक्रमित काठमाडौंमै छन्।

संघीय सरकारको तर्फबाट अहिलेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सय १८ वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको तथ्यांक मन्त्रालयसँग छ। मुलुकको केन्द्र भए पनि तयारीको हिसाबले शून्य छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ प्रतिकार्य योजना  कोभिड-१९ व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मेवारी दिएको छ।

जसअनुसार काठमाडौं उपत्यकाभित्रका ३ जिल्लालाई संस्थागत रुपमा ५ हजार क्षमताको क्वारेन्टाइन, महानगरपालिकालाई २ हजार क्षमताका दरले काठमाडौं उपत्यकामा ४ हजार, नगरपालिकालाई पनि पाँच सयदेखि एक हजार क्षमता सम्मका संस्थागत क्वारेन्टाइन निर्माण गर्न जिम्मेवारी दिएको छ। तर, काठमाडौं उपत्यकामा संघीय सरकारले बनाएका क्वारेन्टाइन बाहेकका संस्थागत भने बनेको छैन।

प्रकाशित मिति: : 2020-08-20 15:44:29

प्रतिकृया दिनुहोस्