निषेधाज्ञापछिको उपत्यका (फोटोफिचर)

कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञापछि उपत्यका सुनसान बनेको छ । सडकमा गाडी गुडेका छैनन् भने पसलहरू खुलेका छैनन् ।

काठमाडौं उपत्यकामा निषेधाज्ञामा निकै कडाई गरेको छ । अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान छन् ।

काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु प्रहरी निशानामा परेका छन् । विहीबार आधा दिनमै एक हजारभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।

प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरु पक्राउ परेको हुन् ।

निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई दुई घन्टा सडकमा उभ्याएर छाडिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

यसक्रममा प्रहरीले सयौं दुई पांग्रे र चार पांग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञापछिको उपत्यका यस्तो देखियो :

प्रकाशित मिति: : 2020-08-20 14:13:15

प्रतिकृया दिनुहोस्