सरकारलाई जनताको ससाना अप्ठेराको होइन, कोभिडले सिध्याउँछ कि भन्ने चिन्ता छः काठमाडौंका सीडीओ (अन्तर्वार्ता)

नेपाल खबर

काठमाडौँ

उजिर कार्की

उपत्यकाका तीन जिल्लामा आज रातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा र आवागमन बन्द हुँदैछन्। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले भदौ १० गतेसम्म लागू हुनेगरी कडा निषेधाज्ञा जारी गरेका छन्। उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि बन्देजको निर्णय भएको हो।

बुधबारको तथ्यांक अनुसार काठमाडौंमा १ हजार ७ सय ८९, ललितपुरमा ३ सय ५ र भक्तपुरमा ५७ जना सक्रिय संक्रमित छन्। यसअघि ४ महिनापछि लकडाउन खुल्ला गरिएको थियो। पुनः निषेधाज्ञा गर्नुपर्ने कारण र राजधानीको जोखिमको अवस्थाबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग गरिएको कुराकानीः

उपत्यकामा फेरि पहिलेकै जस्तो लकडाउन गर्ने निर्णयमा कसरी पुग्नुभयो?
उपत्यकामा संक्रमण बढेको छ। संक्रमण बढ्नु भनेको हामी सबैका लागि जोखिम हो। यसलाई जसरी पनि घटाउनुपर्छ भन्ने कुरा आयो। नागरिकस्तरबाटै पनि छिटोभन्दा छिटो यो आवागमनलाई नियन्त्रण गर्नु पर्छ भन्ने माग भयो।

प्रकाशित मिति: : 2020-08-19 20:42:36

प्रतिकृया दिनुहोस्