पोखरिया नगरपालिकाका मेयर र उनका परिवार सदस्यसहित पर्सामा थप ७६ जनामा काेराेना

संकेतिक

पोखरिया नगरपालिकाका मेयरसहित पर्सामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको पीसीआर  ल्याबले पोखरिया नगरपालिकाको पोखरिया अस्पतालमा गरेको स्वाब टेष्टमा मेयर मन्टु रौनियार र उनका परिवारका सदस्यहरूसहित ६७ जनामा कोरोन संक्रमण देखिएको हो। 

जसमा ४ चिकित्सक र १९ महिला रहेका छन्। संक्रमित हुनेमा ७ वर्ष॥य बालकदेखि ८१ वर्षका वृद्धसम्म रहेका छन्। 

यसैगरी जिल्ला कै ग्रामीण भेगमा पर्ने जगरनाथपुर गाँउपालिकाका १५ जना पुरूष संक्रमित फेला परेका छन्। 

नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहकाअनुसार वीरगञ्ज महानगरपालिकाको त्रिजुद्ध माध्यमिक विद्यालयमा गरिएको स्वाब टेष्टमा १ जना चिकित्सक र ११ जना महिलासहित २८ जना संक्रमित फेला परेका छन्। 

कतिपय कन्ट्याक्ट ट्रेसिङ्गका अधारमा संक्रमित फेला परेका हुन्। 

यता कलैया अस्पतालको आइसोलेसनमा गरिएको स्वाब संकलनमा ३ महिलासहित १३ जना संक्रमित थपिएका छन्।

प्रकाशित मिति: : 2020-08-17 08:34:01

प्रतिकृया दिनुहोस्