कसैको पीडामा कोही किन भइरहेछ खुशी?

पहिलोपोष्ट

काठमाडौँ
  • विमल गौतम -

शब्दकोश हेरेँ। नेपाली बृहत् शब्दकोशमा विक्षिप्तको अर्थ ‘दिमाग ठेगान नाभएको’, ‘बहुलाएको’ र ‘पागल’ भन्ने लाग्दो रहेछ। यस्तै आत्तिएको, आकुल, व्यग्र, यताउति छिरलिएको, छित्रिएको, छरिएको,त्याग गरिएको, छोडिएको, त्यक्त, फ्याँकिएको र मिल्काइएको भन्ने अर्थ पनि लाग्दोरहेछ। शब्दकोश हेर्नुभन्दा पहिले मेरो दिमागमा ‘विक्षिप्त’ शब्द आएको थियो। दिमागमा विक्षिप्त शब्द आउनुभन्दा पहिला मैले 'कान्तिपुरका सहायक सम्पादक बानियाँको दु:खद् निधन' भन्ने शीर्षकको कान्तिपुरमा नै प्रकाशित अनलाइन समाचार पढेँ र लगत्तै मुहारचित्र (फेसबुक)मा आएका प्रतिक्रिया। केही प्रतिक्रिया यहाँ राख्न अनुमति चाहन्छु। कसैले बौद्धिक चोरीको आरोप नलगाइदिनुहोला।

१) यस्ता पत्रकार सबै मरे हुन्छ।

२) अरे यिनी नेपाली थिए? मैले त आजसम्म भारतीय सम्झेको थिएँ। जे भए पनि ‌औपचारिकताका लागि समवेदना।

३) बौद्धिक आतंककारीको मृत्यु देश र जनताका लागि खुशीको खबर हो।

४)... यमेले नरकमा लगेर चिरा पारोस्।

प्रकाशित मिति: : 2020-08-17 08:22:39

प्रतिकृया दिनुहोस्