सुशान्तको परिवारलाई न्याय दिलाउन बाबा रामदेवले गरे यज्ञ

युवा अभिनेता सुशान्त सिंह राजपूतको परिवारलाई न्याय दिलाउन योग गुरु बाबा रामदेवले अभियान सुरु गरेका छन्। 

उनले शनिबार हरिद्धारस्थित पताञ्जली योगपीठमा सुशान्तको आत्मको शान्तिका लागि यज्ञको आयोजना गरेका थिए। 

बाबा रामदेवले यसबीच एउटा भिडियो पोस्ट गर्दे भने, ‘मैले सुशान्तको परिवारसँग कुराकानी गरे। उनीहरूको कुरा सुन्दा मलाई पनि रुन मन लाग्यो। हामी सबै पाताञ्जली परिवार दिवंगत आत्मको चिरशान्तिको कामना गर्दछौं। सुशान्तको परिवाले न्याय पाउनुपर्छ।’

सुशान्तको आत्महत्या प्रकरणमा महाराष्ट्र सरकार र मुम्बई प्रहरीको आलोचना हुँदै आइरहेको छ। यो मुद्धामा प्रहरीले तथ्य समाप्त पार्न खोजेको आरोप लागेपछि परिवारले सीबीआईबाट छानवीन गर्न आग्रह गरेको थियो। जसलाई केन्द्र सरकारले स्विकृति दिइसकेको छ। 

सुशान्तको आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले अहिलेसम्म कुनै मुद्धा दर्ता गर्न सकेको छैन। सुशान्तका समर्थक तथा परिवारले उनको हत्या भएको तथा मुम्बई प्रहरी र महाराष्ट्र सरकार हत्यारालाई बचाउने अभियानमा रहेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति: : 2020-08-16 09:24:18

प्रतिकृया दिनुहोस्