काँग्रेसमा विभाग गठनको साइड इफेक्ट : कतै असन्तुष्टि, कतै अस्वीकार

रातोपाटी

काठमाडौँ

 

लोकेन्द्र भट्ट

महाधिवेशनको मुखमा पार्टीका केन्द्रीय विभाग गठन विषयले नेपाली काँग्रेस वृत्त तरंगित छ । सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन जारी राखेका छन् ।

गत फागुन तेस्रो साता आफ्नो चार वर्षको कार्यकाल सकिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बीच देउवाले फागुन १७ गते १३ र १९ गते ७ गरी ४७ मध्ये २० वटा विभाग गठन गरेका थिए ।

जसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, आनन्दप्रसाद ढुंगाना, वित्तीय तथा सहकारी समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, महेन्द्र यादवलाई यातायात समन्वय विभाग, शंकर भण्डारीलाई तरुण विभाग र विश्वप्रकाश शर्मालाई सूचना तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: : 2020-08-14 14:25:05

प्रतिकृया दिनुहोस्