‘अस्पतालहरु भरिए, सरकारसँग कुनै योजना छैन’

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द 

सरकार कोरोना भाइरस महामारीविरुद्धको अभियानमा चालेका कदमको आलोचना खेप्दै आइरहेको छ। स्वास्थ्य मन्त्रालयले भने सरकारले गरेका कामको नजर अन्दाज गरेको भन्दै आलोचनाको खण्डन गरिरहेको छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले केही समय अगाडि भनेका थिए, ‘मानिसहरुलाई मोतीबिन्दु भएको छ, त्यसैले सरकारले गरेका काम देखेका छैनन्।’ मन्त्रीले भने जस्तो सबैलाई मोती बिन्दु भएको हो वा सरकारले काम गर्न नसकेको हो यो छुट्टयाउने जिम्मा सम्बन्धित निकायको हो।

सरकारले जे जति भन्दै आएपनि महामारी व्यवस्थापनमा सरकार सुरुकै दिनमा चुकेको विज्ञहरुले बताएका छन्। सरकारले कोरोना भाइरसको संक्रमण कम भएको घोषणा गर्दै गर्दा संक्रमितको संख्या बढ्न थालेको छ। संक्रमितहरुमा लक्षण देखिन थालेको छ। ६० प्रतिशत संक्रमितहरु आइसियू वा भेन्टिलेरमा जान थालेका छन्। संक्रमितहरु बढ्दै जाँदा अस्पतालहरु भरिन थालेका छन्।

प्रकाशित मिति: : 2020-08-14 13:17:50

प्रतिकृया दिनुहोस्