पर्साका युवा नेता गुप्तालाई कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका युवा नेता प्रभाकर गुप्तामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा नेता गुप्तामा पनि संक्रमण पुष्टि भएकाे हाे।। गुप्ता नेकपा पर्साका जिल्ला सदस्य हुन्।

उनका अनुसार एक जना कोरोना संक्रमितकाे सम्पर्कमा आएपछि  २६ गते साउनमा नारायणी अस्पताल पुगेर स्वाब संकलन गराएका थिए। अस्पतालले गरेको पीसीआर परीक्षणमा बुधबार उनमा संक्रमण पुष्टि भएको हो।

गुप्ता अहिले वीरगञ्ज महानगरपालिका १० घडिअर्वामा होम आइसोलेसनमा बसेका छन्। उनले चिकित्सकको सल्लहा अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिए। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जनाएका छन्।
 

प्रकाशित मिति: : 2020-08-14 11:53:46

प्रतिकृया दिनुहोस्