विगतमा हामीले अलि ठूला कुरालाई मात्र हेर्यौं । साना तर महत्त्वका कुरालाई नजरअन्दाज गर्यौं । त्यसैकारण हामीले खाने खुर्सानी, अदुवा तथा लसुन चीनबाट आउने, कालो दाल म्यान्मारबाट आउने, रातो दाल टर्कीबाट आउने । भात खाने आदत बसेका हामी भारतले चामल नपठाइदिए भोकै बस्नुपर्ने अवस्था हुन्छ ।
राज्य संयन्त्र, नीति निर्माताहरू उपभोक्ताको रूचिअनुसार यस्तो भएको बताउँछ । हामीले मसिनो चामल रुचायौँ, त्यो यहाँ कम छ, त्यसकारण आयात बढी गरियो भनेर भनिन्छ तर यो यथार्थ नभई बहाना हो जस्तो लाग्छ ।
त्यसैले विगतमा हामीले ठूला–ठूला कुरा गर्यौं । जलविद्युत् आयोजनामा हात हाल्न सके रातारात करोडपति अर्बपति र बनिन्छ जस्ता कुरा गर्यौं । उदाहरणका लागि पञ्चेश्वर आयोजना पनि १५–२० वर्ष गयो । महाकाली सन्धि भएको पनि यतिका वर्ष भइसक्यो । त्यतिखेर खर्ब–खर्बका रुपैयाँ आउँछ भनेर सपना देखाइयो । यी सबै कुरा पूरा भएनन् ।
यी सबै हुनुको कारण भनेको नीतिनिर्माताले आकाशमा हेरेर नीति बनाएकाले हो । नीति निर्माताले आकाशतिर हेरेर नीति बनाए, जमिनतिर हेरेनन् । त्यही भएर केही पनि देखिएनन् ।