प्रसौनीका पूर्व अध्यक्ष कलवारको मृत्यु, स्वाब संकलन गरियाे

बाराको प्रसौनीका पूर्व गाविस अध्यक्ष दिनेश साह कलवारको मृत्यु भएको छ । 

मृतक कलवारलाई तिन चार दिन पहिले ज्वरो आएपछि नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि बयोधा अस्पतालले उनलाई आइसीयु कक्षको भर्ना गर्नुको साटो आज बिहान ४ बजे नारायणी अस्पतालमा फिर्ता पठाएको थियो ।

यता नारायणी अस्पतालमा पनि भेन्टिलेटर खाली नभएपछि इमरजेन्सी कक्ष मै उपचार सुरु गरिएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिहंले बताए ।

मृतकको अवस्था गम्भिर रहेकाले उपचार कै क्रममा आज बिहान उनको मृत्यु भएको डा. सिंह ले बताए । 

मृतक कलवारमा कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षणका लागि स्वाब लिसकेको डा. सिंहले बताए।

उनी संक्रमित हुन कि होइनन बाँकी जानकारी रिर्पोट आएपछि जानकारी हुने डा.सिंहल बताए ।

प्रकाशित मिति: : 2020-08-13 12:14:47

प्रतिकृया दिनुहोस्