जडेजासँग विवाद हुँदा महिला असई अस्पताल भर्ना

भारतीय क्रिकेट टिमका अलराउण्डर रविन्द्र जडेजाको राजकोटमा एक महिला पुलिसकर्मीसँग नमिठो बहस भएको छ। विवाद बढ्दै जाँदा महिला असई सोनल गोसाइलाई अस्पताल भर्ना गर्नु परेको थियो। 

सहायक पुलिस कमिश्नर मनोहरसिंह जडेजाले यो मुद्धामा दुबै पक्षबाट उजुरी नपरेको बताएका छन्। 

भारतीय मिडियाका अनुसार रविन्द्र जडेजा आफ्नो श्रीमती रिवाबासँग मास्क नलगाइकनै घुमिरहेका थिए। यस्तो परिस्थितिमा असई सोनल गोसाइले जरिवाना गर्न खोज्दा बहस भएको थियो। 

सोनलले लाइसेन्स मागेकी थिइन। रविन्द्र र उनको श्रीमती सोनल दुबैले मास्क लगाएका थिएनन्। 

रविन्द्रले अन्य प्रहरीलाई आफूमाथी अभद्र व्यवहार गरेको आरोप लगाएका थिए। उनले दावी गरेका छन् कि उनले मास्क लगाएका थिए। विवादका क्रममा असइ सोनल निकै तनावमा देखिएको र उनलाई प्राइभेट अस्पतालमा भर्ना गरिएको बताइएको छ। सोनलले पनि आफूमाथि खराब व्यवहार भएको आरोप लगाएकी छिन्। 

रविन्द्र आइपीएलमा चेन्नई सुपर किङ्सबाट क्रिकेट खेल्छन्। उनले ४९ टेस्टमा २ सय १३ तथा १ सय ६५ एकदिवसीयमा १ सय ८७ विकेट लिएका छन्। यसमा टेस्टमा उनले १८ सय ६९ तथा एकदिवसीयमा २२ सय ९६ रन बनाएका छन्।

 टि–२० अन्तर्गत ४९ खेलमा ३९ विकेट लिएका रविन्द्रले आइपीएलको १ सय ७० खेलमा १ सय ८ विकेट प्राप्त गर्नुका साथै १९ सय २७ रन बनाएका छन्

प्रकाशित मिति: : 2020-08-11 15:28:37

प्रतिकृया दिनुहोस्