बिरामीकाे उपचार नगर्ने वीरगञ्जका अस्पतालमाथि छानबिन शुरु

पछिल्लो दुई सातामा वीरगञ्जमा सहज रुपमा उपचार नपाएर ४ जनाको ज्यान गुमाएको विषयमा दोषी अस्पतालबारे छानबिन शुरु भएको छ।

अस्पतालहरुको नियामक निकाय नेपाल मेडिकल काउन्सिलले आवश्यक छानबिनको प्रकृया अगाडि बढाइएको बताइएको छ।

वीरगञ्ज २ छपकैयाकी २० वर्षीया विष्णु लामा, वीरगञ्ज ११ का चलितर महतो, वीरगञ्ज १३ राधेमाईकी शारदा देवी, वीरगञ्ज ३ छपकैयाका जोखु साह सोनारलगायतको मृत्यु समयमै उपचार नभएर भएको थियो। 

‘पछिल्लो समय वीरगञ्जका सरकारी तथा निजि अस्पतालले विरामी भर्ना गर्न मानेनन्, समयमै उपचार नपाएर दिनहुँ सर्वसधारण तथा शास्पद विरामीको ज्यान गइरहेको छ,’काउन्सिलका श्रेस्तेदार डा.कृष्ण अधिकारीले भने, ‘कसको दोष रहेको छ, पत्ता लगाई आवश्यक कारवाहीको लागि सिफारिस गर्न छानबिन शुरु गरिएको हौँ।’

उनले वीरगञ्जको नारायणी अस्पताल, एडभान्स हस्पिटल, नेशनल मेडिकल कलेज, नारायणी बयोधा, वीरगञ्ज हेल्थ केयर अस्पताल र गण्डक अस्पताललाई सोमवार पत्रचार गरेर यथासिघ्र जवाफ पठाउन माग गरिएको जानकारी दिए।

‘गुनासो आएका अस्पताललाई पत्र काटेका छौँ। चितबुझ्दो जवाफ नआए सम्बन्धित अस्पताल तथा सञ्चालकलाई आवश्यक कानुनी कारवाहीको लागि नेपाल सरकार तथा स्वास्थ्य तथा जनसख्या मन्त्रालय समक्ष प्रतिवेदन बुझाइने छ,’ डा. अधिकारीले भने।

मृत्युवरण गरेका वीरगञ्जवासीहरु नेशनल मेडिकल कलेजले भर्ना नलिएको आरोप लगाएका छन्। सो अस्पतालले सहज उपचार सेवा पनि नदिएको गुनासो छ।

प्रकाशित मिति: : 2020-08-11 14:15:02

प्रतिकृया दिनुहोस्