सांसद प्रदीप यादव १२ दिनपछि कोरोना संक्रमणमुक्त

प्रतिनिधिसभा सदस्य प्रदीप यादव १२ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्। उनलाई साउन १६ गते संक्रमण पुष्टि भएको थियो।

उनी वीरगञ्जस्थीत आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन्। सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको उनले  समाजिकसञ्जालमार्फत् जानकारी दिएका हुन्।

उनले डाक्टरले दिएको सल्लाहअनुसार नियमको पालना गरेकाले कोरोनालाई जित्न सफल भएको बताए। 

‘जनताको प्रार्थना, साथीभाईको प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाताको कामनाले कोरोनासँगको लडाइ जितेको छु,‘ तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टरको सलाह र निर्देशन बमोजिम सातदिनसम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसनमा रहनेछु, ‘सांसद यादवले भने ।’

विश्वभरि नै फैलिको यस महामारीको चपेटामा जोकोइ पर्नसक्ने भन्दै उनले सकेसम्म सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन्। यस्तै अनावश्यक बाहिर नजान र गएपनि अनिवार्य मास्क र सनिटाइजरको प्रयोग गर्न आग्रह गरेका छन्।

साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएका उनलाई सोही सोही राति पौने १० बजे रिपोर्ट आउँदा कोरोना देखिएको थियो। यादवका पीएसओ र चालकलाई पनि कोरोना देखिएको थियो। 

प्रकाशित मिति: : 2020-08-11 13:06:20

प्रतिकृया दिनुहोस्