बलिउडका चर्चित नायक आमिर खान आफ्नो महत्वकाक्षी फिल्म लालसिंह चड्ढाको सुटिङका लागि टर्की पुगेका छन्। टर्कीमा उनका शुभचिन्तकहरूले फोटो खिचेर आफ्नो सोसल मिडियामा पोस्टसमेत गर्न भ्याएका छन्।
फोटोमा मास्क बिना देखिएका उनका अन्य शुभचिन्तक भने खुसी छैनन्। कोरोनाका कारण विश्वजगत आहात भएको बेला आफ्नो स्टारले सुरक्षाका लागि मास्क नलगाएको देखेर धेरैले प्रतिक्रिया पनि जनाएका छन्।
‘फरेस्ट गम्प’ को रिमेक मानिएको यो फिल्मको सुटिङ लद्दाख र दिल्लीमा राखिएको थियो। तर, कोरोनाका कारण सरकारले ‘लकडाउन’ गरेपछि सुटिङ गर्न असम्भव भएको हो। देशमा बढ्दो कोरोनाको संक्रमणका कारण लालसिंह चड्ढाको सुटिङ टर्की र जर्जियामा गर्न लागिएको छ।
फिल्मको पटकथा अतुल कुलकर्णीले लेखेका छन्। निर्देशन अद्वैत चन्दनको छ। फिल्म यसै वर्षको क्रिसमसमा गर्ने तयारी थियो। तर, कोरोनाका कारण अघिल्लो वर्ष धकेलिएको छ।