वीरगञ्जका कोरोना संक्रमितको उपचारमा प्रतिबन्धित ‘रेमिडिसिभिर’को प्रयोग, ७० हजारसम्म हालेर ‘ब्ल्याक’मा किन्न थाले

वीरगञ्जको गण्डक कोभिड अस्पतलामा ‘रेमिडिसिभिर’को प्रयोग गर्न थालिएकाे छ। 

यो सुई अहिले नेपालमा प्रतिबन्ध छ। तर गम्भीर काेराेना संक्रमितमा प्रयोग हुने ‘रेमिडिसिभिर’ औषधिको आपतकालिन प्रयोगका लागि अबैध किसिमले दिइएको र नतिजा सकारात्मक आएको दावी गरिएकाे छ।

‘रेमिडिसिभिर’ दिइएका एकजना संक्रमित निको भएर घर फर्किसकेका छन् भने अर्का एक जना आइसियुमा छन्।

गण्डक अस्पतालमा रहेको पर्साका एकजना थप संक्रमितको अवस्था सिकिस्त रहेकोमा उनको लागि अहिले यो औषधी भेट्न समस्या भइरहेको बताइएको छ। 

केहीले भारतबाट वा भारतीय नागरिकको पहिचानको अधारमा रक्सौलसम्म मगाएर वीरगञ्ज ल्याउने प्रयासमा पनि जुटेको चिकित्सक स्रोतको दावी छ।

विभागले स्वीकृत नदिएकै कारण वीरगञ्जमा बिरामीका आफन्तले एक भाइल औषधिकै ५० देखि ७० हजार रुपैयाँसम्म हालेर ब्ल्याकमा औषधि किनेकाे उनीहरु बताउँछन्।

आयातको लागि बाटो खोल्न आग्रह

कोरोना भाइरस संक्रमणबाट बचाउन विश्वभरीमा उपयोगी साबित भइरहेको ‘रेमिडिसिभिर  इन्जेक्सन आधिकारिकरुपमा नेपालमा प्रयोग गर्न गराउन सरकारले तयारी थालेको छ। 

औषधी व्यवस्था विभागमा दर्ता गरी कानुनी रुपमा भारत वा विश्वबाट आयातको लागि बाटो खोल्न सरकारी पक्ष लागिपरेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग कुरा गरेो छौँ। चाँडै नै मन्त्रिपरिषद्बाट सो औषधीको डीडीएमा दर्तामा गरी आयातको गर्नेबारे छलफल चलिरहेको छ,’ उनले भने।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयात स्वीकृत गर्न औषधि व्यवस्था विभागलाई निर्देशन गरेको ११ दिन भैसक्दा पनि विभागबाट अझै स्वीकृत भने दिएकाे छैन।

विश्वभर अचुक औषधीको रुपमा यसलाई चिकित्सकहरुले लिइरहँदा नेपाल सरकार मौन रहेको अवस्थामा वीरगञ्जका चिकित्सक डा. निरजकुमार सिंहले केही दिनअघि सरकारले आयात गर्ने वातावरण नबनाए भारतबाट तस्करीको बाटो प्रयोग गरेर  ‘रेमिडिसिभिर’ मगाएर वीरगञ्जमा संक्रमितलाई उपचार गर्न चेतावनी दिएका थिए। 

त्यसपछि सरकारको सञ्चारमाध्यममा कडा आलोचना शुरु भएको थियो। 

खासमा कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत ‘रेमिडिसिभिर’ दिइन्छ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोराेनाका संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ।

यसअघि यो एन्टिभाइरल इबोलाका बिरामीमा पनि प्रयोग गरिएको थियो।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी) का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अन्य औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको जनाएको छ।

प्रकाशित मिति: : 2020-08-09 15:45:16

प्रतिकृया दिनुहोस्