स्वास्थ्य समस्या देखाउँदै रियाले बयान टाल्ने प्रयास गरेको खुलासा

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनको प्रेमिका रिया चक्रवर्तीले सुशान्तको बैक अकाउन्टबाट १५ करोड रुपैयाँ निकालेको भन्ने भनाईमा कुनै सत्यता नभएको दावी गरेकी छिन्। 

सुशान्तको मुद्धामा सम्पत्तिको छानवीन गरिरहेको प्रवर्तन निदेशालय (इडी) को कार्यालयले शुक्रबार रियासँगै उनको भाई सोविक चक्रवर्तीसँग पनि सोधपुछ गरेको थियो। इडीले रियासँग ९ घण्टा तथा उनको भाई सोविकसँग दुई घण्टा छानवीन गरेको थियो। 

रियाले जाँच अधिकारसमक्ष आफूले १५ करोड रुपैयाँ निकालेको भन्ने आरोपमा सत्यता नभएको दावी गरेको स्थानीय मिडियाले बताएका छन्। उनले आफूले ७ वटा फिल्म खेल्ने क्रममा पैसा कमाएको बताएकी थिइन्। 

रिया र उनको भाई बिहान साढे ११ बजे इडीको कार्यालय पुगेका थिए। उनले छानवीनमा सहयोग नगरेको मिडियाले जनाएको छ। थुप्रै प्रश्नमा रियाले आफूलाई सम्झना नभएको बताएकी थिइन्।

 रियाले इन्स्योरेन्स र बाँकी सम्पत्ति प्राप्त गर्न यस प्रकारको दबाब सिर्जना गरेको आरोप लगाएका छिन्। उनले सुशान्तको परिवार आफूलाई सुशान्तबाट बाहिर निकाल्ने योजनामा रहेको आरोप लगाइन्। 

उनले सुशान्तको आइपीएस भिनाजु केही महिनादेखि यो अभियानमा लागेको आरोप लगाइन्। उनले सुशान्तले आफ्नो विवेकले पैसा खर्च गरेको बताइन्। 

धेरै प्रश्नको जवाफ नदिएकी रियाले आफ्नो स्वास्थ्यस्थिति खराब रहेको निवेदन गरेकी थिइन्। यसअघि रियाले इडीसँगको छानवीन रोक्ने प्रयास गरेकी थिइन्। तर, इडी कार्यालयले रियाको निवेदन अस्विकार गरेको थियो। रियाले सर्वोच्च अदालतले आफ्नो निवेदन परेको कारण बयान रोक्न आग्रह गरेकी थिइन्। 

सुशान्त आत्महत्या प्रकरणमा इडी कार्यालयले सुशान्तका बिजनेस मेनेजर श्रुति मोदी र साथी सिद्धार्थ पिठानीलाई ८ अगस्ट अर्थात शनिबारसम्म बयानका लागि उपस्थित हुन आदेश दिएको थियो।

प्रकाशित मिति: : 2020-08-08 13:37:32

प्रतिकृया दिनुहोस्